आज मङ्गलबारकाे राशिफल गणेश भगवानको दर्शन गरि हेर्नुहोला

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुने तथा पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा सुधार गर्दै लैजान सकिनेछ । काम गर्न जोस जागर आउनाले रचानात्मक कार्य शुभारम्भ गर्न सकिनेछ भने काममा सहयोग गनेहरु प्रशस्त भेटिनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

समय मध्ययम रहेकोले व्यापारमा मन्दिर आउने तथा लगानी नउठ्नाले दैनिकी प्रभावित हुनेछ । काम गर्दा नियमसंगत गर्नुहोला जरिवाना तथा दण्ड तिर्नुपर्ने हुनसक्छ । राम्रो हुने आशामा धेरै बस्तु त्याग्नु पर्ने बाध्यता आउँनेछ । तर पनि लामो दुरिको विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशी भुमिमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) :

सामाजिक तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुन: सुचारु हुने तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । विशिष्ट व्याक्तिहरुको सहयोगले सहजै लक्ष्य प्राप्ती हुनेछ । पैतृक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा राम्रो प्रगति हुने तथा पुरस्कार जित्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

सानो लगानि गर्दा पनि समयले साथ दिने हुनाले लगानी फस्टाई मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुने गतिलो योग रहकोछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुले मान सम्मान पाउनेछन् । कृषि तथा पशुपालन व्यवसायलाई समयसापेक्ष आधुनिकीकरण गरी लाभ लिन सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

ईमान्दारी तथा लगनशील भई लाग्नाले मात्र भनेजस्तो सफलता हात पार्न सकिनेछ । जीवनशैली व्यास्त रहे पनि उपलब्धि भने न्युन हुनेछ । राजनीतिज्ञ तथा सामाजिक काम गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले हातमा आइसकेको उपलब्धि फुत्कन सक्छ । यात्रा गर्दा वा यात्रासँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) :

सानातिना समस्याले तपाईलाई कमजोर बनाउनेछ । रिस्क लिने बानीले थप समस्या पैदा गर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानि न्युन हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । प्रेम तथा मित्रताको बन्धन नचाहँदा नचाहँदै टुट्न सक्छ । खोजमुलक कामको सवालमा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

विलाशी तथा भौतिक बस्तुको पहिरनले व्याक्तित्वमा चमक आउनेछ । सवारी साधन तथा महंगा वस्तुहरुको प्रयोग मार्फत् अरुको ध्यान तान्न सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने व्यापारकै सवालमा यात्रा हुने योग रहेको छ । प्रेममा नजिक हुने समय रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

प्रतिष्पर्धि तथा सत्रुहरुलाई किनारा लगाउदै बिजय हुने योग रहेकोछ । बिद्या तथा नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसाय अर्थात पछिसम्म फाईदा हुने काम सुरु गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईनाले मन प्रसन्न हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

शरिर स्वास्थ्य नहुनाले काम गर्न असजिलो महशुष हुनेछ । साथ तथा समर्थन दिने साथिभाईहरुले असहयोग गर्नेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापारमा समय दिने व्यापारीहरुका लागि समय मध्ययम रहेकोले थोरै आम्दानिमा चित्त बुझाउनु पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले आशिंक साथ दिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

परिवार तथा आफन्त सँग घरायसि कुरामा मतभेद तथा शैद्धान्तिक राय बाजिनेछ । आफन्त तथा अग्रजहरुसँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ । अध्ययनमा समय प्रशस्त दिएपनि नतिजा न्युन आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चिनेहरुका लागि आलोचनात्मक समर्थन पाउने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

साधन स्रोतको प्रयोग मार्फत आफुलाई अपडेट गर्ने समय रहेकोछ । साहित्य रचना तथा लेखनमा रुचि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुले भनजस्तो नतिजा हात पार्न सक्नेछन् । आर्थिक गतिबिधिहरु दोहोरो अंकमा बृद्धि हुनाले दैनिकी सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

आफन्त तथा शुभचिन्तकको भावना तथा सल्लाह-सुझावलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापारमा मन्दिर आउनेछ भने नयाँ लगानीको लागि केही समय कुर्नुनै उत्तम हुनेछ । धन तथा भौतिक सम्पति प्रयोग गर्न कसैलाई पनि नदिनुहोला सामानमा क्षति पुग्ने तथा दिइएको धन फर्केर आउनेछैन । तर पनि परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

प्रकाशित मिति October 15, 2019