कसैले तिमीलाई दुखी बनाउँछ भने उसको वास्ता नै नगर : कवि मौलाना जलालुद्दीन रुमी

१३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिले*सम्म पनि प्रख्यात नै छ । रुमीले सिर्जना गरेका कविता*हरु अहिले पनि संसारभरका विभिन्न भाषा हरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइ*हरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छ :

– अब तिम्रो विगत भनेको कथा जस्तै बनिसक्यो । आज नयाँ बिऊहरु धमाधम उम्रिदैछन् ।

– कुनै पनि कुरा आफूबाट गुम्यो भनेर कहिल्यै पनि दुखी नबन, किनकी जे कुरा गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउने पक्का छ ।

– सँधै ख्याल गर की तिमी गतिलो पखेटा लिएर जन्मिएका छौ । तर, तिमीले त्यो पखेटा लाई प्रयोग गर्न भने सक्नुपर्छ ।

– एउटा कुरा विचार गर की तिमी समुद्रको कुनै एउटा थोपा कदापी होइनौ । तिमी त थोपा भित्रको एउटा समुद्र नै हौ ।

– कुनैपनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।

– तिम्रो काम माया खोज्नु कदापी होइन, तिमीभित्रको अवरोध लाई खोज्नु हो, जुन अवरोधले तिम्रो जीवनमा माया को आभास हुन दिरहेका छैन ।

– कसैले तिमी लाई डर देखाउने या दुखी बनाउने गर्छ भने उसको वास्ता नगर ।

– कुनैपनि फूल*हरु फुल्ने पानी को कारण हो, मेघ गर्जनको कारण होइन । त्यसैले तिमी ठूलो आवाज*मार्फत होइन, शब्द हरु मार्फत बोल्ने गर ।

प्रकाशित मिति October 30, 2019