नेपाली हामी रहौँला कहाँ नेपालै नरहे भन्ने गित गाउँदा गाउँदै..,द भ्वाइस अफ नेपालमा भक्कानो छोडेर रोइन मेचु

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे भन्ने गित गाउँदा गाउँदै..,द भ्वाइस अफ नेपालमा भक्कानो छोडेर रोइन मेचु !

काठमाण्डौ : द भ्वाइस अफ नेपाल सिजन २’ को टप १० मा पुग्न सफल मेचु धिमाल*ले निकै राम्रो प्रस्तुती दिएकी छन् । भारतले सिमाना मिचेर नेपाली*हरुले बिरोध गरेका बेला मेचुले देशभक्त राष्ट्रिय गित गाउँदा कार्यकर्ममा सन्नाटा छाएको थियो भने उनले बोलेका शब्दले हरेक नेपालीको शरीरमा काँडा उठेको थियो । मेचुले, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे, तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको, माटो र पानी पहिलो धन धर्तीका छोराको, ए कहाँबाट हेरौँला संसार सन्झ्यालै नरहे, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे भन्ने गित गएकी थिईन् ।

गित गाउँदै गर्दा बिचबिचमा शब्द पनि निकै मार्मिक थिए जस्ले मेचुको प्रस्तुतिलाई अझै दमदार बनाएको थियो । मेचुले गीतको प्रस्तुतीसंगै उनले बिचबिचमा गरेको अभिनयले झन मेचुको उचाइलाई निकै माथि पुर्याएको महसुस गरिएको थियो । मेचुले गित गाएर सकेपछि स्टेजको अगाडी भक्कानो छोडेर रोएकी थिइन् । उनि रुँदै गरेको देखेपछि जजहरु उनलाई उठाउन अगाडिनै जानु परेको थियो । जज राजु लामा, आस्था राउत र प्रमोद खरेल स्टेजमै पुगेका थिए ।

प्रमोदले मेचु*लाइ अंकमाल गर्दै उनलाई नरुन अनुरोध गरेक थिए । मेचुको यो प्रस्तुती संगै हरेक नेपालीको मन मुटुमा झनै ठाउँ पाएकी छन् । अहिले उनको चर्चा निकै बढिरहेको छ । मेचुको यो प्रस्तुतिलाई दर्शक श्रोताले पनि निकै मन पराएका छन् । अहिले यो भिडियो सार्वजनिक भएसंगै युटुबमा उनका फ्यान*हरुले निकै तारिफ गरेका छन् ।

Loading...
प्रकाशित मिति November 23, 2019