धनिया खानुको १० फाइदा जान्नुहोस्..,बाह्रै महिना गमलामै फलाउन सकिन्छ धनिया !

धनिया स्वाद र स्वास्थ्यका लागि निकै महत्वपूर्ण मानिन्छ । घरको छतमा बाह्रै महिना गमलामै उन्नत जातको धनिया फलाउन सकिन्छ । धनिया चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा खेती गर्न सकिन्छ। यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहने तर बढी तुषारो हिउँ नपर्ने ठाउँ*हरुमा बाह्रै महिना खेती गर्न सकिन्छ। धनियाको खेती १००० मिटर देखि ३००० मिटरको उचाई*सम्ममा समेत गर्न सकिन्छ ।

५ डिग्री सेल्सियस देखि ३० डिग्री सेल्सियस सम्मको तापक्रममा समेत धनिया उब्जाउ गर्न सकिन्छ । १० देखि २० डिग्री सेल्सियसको तापक्रम यसको लागि सबैभन्दा उत्तम मान्छि । दैनिक प्रयोगका लागि मासिनले धनिया घरको गमलामा समेत लगाउन सकिन्छ । तर धनियाको लागि पानी नजम्ने प्रशस्त प्राङ्गारिक पदार्थ भएको माटो चाहिन्छ ।

यसको लागि माटो को पीएच ६ दखि ७ हुनु पर्दछ। बीउ उम्रेको २० देखि २५ दिनपछि केही मात्रामा यूरिया मलको पनि प्रयोग गर्न सकिन्छ । यसले माटोमा किराहरुलाई मार्छ भने धनियाको बोट मर्न पाउँदैन । तराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघसम्म र उच्च पहाडमा बाह्रै महिना धनिया लगाउन सकिन्छ । बीउ रोपी उम्रेपछि हल्का गोडमेल गर्नु पर्दछ । माटोको चिस्यानको अवस्था हेरेर ४–५ दिनमा पानी हालिरहनुपर्छ ।

धनियाको बिउ उम्रिन करिब एक साता लाग्न सक्छ । बीउ उम्रेको महिना दिनमा धनियाको पात खानयोग्य हुन्छ। अचारमा होस् वा तरकारीमा धनियाको मिश्रणले स्वाद दोब्बर बढाउँछ । धनिया*लाई तरकारी र अचारमा मात्र होइन, जुसको रुपमा पनि सेवन गर्न सकिन्छ । यसका फाइदाहरु यस प्रकार छन् –

१. हड्डी बलियो बनाउँछ : धनियाको जुसको सबैभन्दा ठूलो फाइदा भनेको धनियामा भरपुर मात्रामा कैल्सियम पाइन्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउँछ । साथै भाँचिएको हड्डी जोड्न पनि मद्दत गर्छ ।

२. संक्रमणबाट बचाउँछ : धनियामा एन्टीसेप्टिक गुण हुन्छ, जसले शरीरलाई विभिन्न प्रकारका संक्रमणबाट बचाउँछ । नियमित रुपमा धनियाको जुसको सेवनले पानी तथा खाद्यानको सेवनले शरीरमा हुनसक्न विभिन्न संक्रमणबाट बचाउन सहयोगीको भूमिका निर्वाह गर्नसक्छ ।

३. मुधमेह कम गर्छ : धनियालाई एन्टीबायोटिक जडिबुटीको रुपमा चिनिन्छ । प्राकृतिक रुपमा यसलाई मधुमेह कम गर्नको लागि प्रयोग गरिन्छ ।

४. छाला सम्बन्धि समस्यामा : धनियामा एन्टी फंगस, एन्टीसेप्टीक तथा एन्टी अक्सिडेन्ट पाइन्छ । यसको नियमित सेवनले छाला सम्बन्धि सबै प्रकारका समस्याबाट बच्न सकिन्छ ।

५. मुटु स्वस्थ राख्छ : धनियाको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । धनियामा एन्टी अक्सिेडेन्ट तत्व प्रचुर मात्रा पाइन्छ, जसले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ र राम्रो कोलेस्ट्रालको मात्रालाई बढाउँछ ।

६. पाचन क्रिया स्वस्थ्य : नियमित धनियाको जुस सेवन गर्नाले पाचन क्रियालाई स्वस्थ्य बनाउँछ । पेट फुल्ने, खाना अपच हुने, पेट ढुस्स हुने, छाती पोल्ने जस्ता समस्यमा धनियाको जुसले प्रभावकारी काम गर्छ । धनियामा ‘डायटरी फाइवर्स’ हुन्छ । त्यसैगरी यसमा एन्टीअक्सिडेंन्टस पनि पर्याप्त मात्रामा हुन्छ । जसका कारण फोक्सो सही तरिकाले आफ्नो काम गर्दछ ।

७. उच्च रक्तचाप नियन्त्रण : धनियामा कैल्सियम, आयरन जस्ता तत्व पाइन्छ । बिहान खाली पेटमा धनियाको जुस सेवन गर्दा त्यसले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ ।

८. अनिन्द्रामा : सुत्नु अघि एक गिलास धनियाको जुसको सेवन लाभदायक हुन्छ । यसले शरीरलाई आराम दिनुका साथै विना कुनै औषधी राम्रो निद्रा लगाउन मद्दत गर्छ ।

९. बोसो घटाउछ : धनिया ‘ब्याड कलेस्ट्रल’ को कम गर्नमा मदत गर्दछ भने ‘गुड कलेस्ट्रल’ को मात्रालाई बढाउँनमा मदत गर्छ । धनियामा कपर, जिंक, आइरन लगायत अन्य जरुरी तत्व प्रचुर मात्रामा हुन्छन् जसले ‘रेड ब्लड सेल्स’ को मात्रा बढाउनमा पनि मदत गर्दछ । यसले मुटुलाई पनि सुरक्षित राख्ने गर्छ । धनियाले शरीरको ‘मेटाबाँलिज्म’ लाई पनि सुधार गर्ने गर्छ ।

१०. कपाल र छालाका लागि फाइदा : धनियामा भिटामिन के, सी, बी र अन्य मिनिरल्स प्रचुर मात्रामा पाइन्छ । यसले कपाल र छालालाई राम्रो बनाउनका लागि लाभदायी हुन्छ । खानासँगै धनिया नियमित रुपमा खानाले छाला स्वस्थ हुन्छ ।

Loading...
प्रकाशित मिति November 27, 2019