जाडोमा रायोको सागले पुर्‍याउँछ यस्ता फाइदा..,जान्नुहोस् !

जाडोमा रायोको सागले पुर्‍याउँछ यस्ता फाइदा..,जान्नुहोस् ! रायोको साग*सँग जो कोही परिचित हुन्छन् । साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबै*लाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो।

जाडो मौसम*मा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ। रायोका साग बढी पोषणयुक्त तरकारी*मा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ।

के के फाइदा हुन्छ :

– रायोको साग*मा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। रतन्धो, पुरानो बाथ, कफ आदि बाट बच्न याे अत्यन्त उपयोगी हुन्छ।
– यसमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न विकारयुक्त वस्तु लाई बाहिर निकाल्छ।
– रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने भएकाले गर्भवती लाई खुवाउँदा फाइदा हुन्छ।
– जाडोमा बाथका रोगी लाई हड्डी दुख्ने समस्या हुन्छ। रायोमा पाइने कपरले यो समस्यामा फाइदा पुर्याउँछ।
– रायो भिटामिन सीको पनि राम्रो भएकाले रुघाखोकी लागिरहने व्यक्ति लाई लाभदायक हुन्छ।
– रायोले पिसाबनलीमा हुने पत्थरी लाई कम गर्छ। रायोको साग नियमित खाँदा क्यान्सर को जोखिम कम गर्छ।

Loading...
प्रकाशित मिति November 28, 2019