लिम्बूको महान पर्व “चासोक तङुनाम” मा चर्चित गायिकाहरु र यापर ले तताउँदै भद्रपुर !

लिम्बूको महान पर्व “चासोक तङुनाम” मा चर्चित गायिकाहरु र यापर ले तताउँदै भद्रपुर ! लिम्बू समुदाय*को महान पर्व ‘चासोक तङुनाम’को अवसरमा झापाको भद्रपुर*मा ‘चासोक तङ्नाम साँस्कृतिक पर्व मेला–२०७६’ आयोजना हुने भएको छ ।

२६ मंसिर देखि २ पुस सम्म आयोजना हुने उक्त साँस्कृतिक मेलाको अवधिभर प्रत्येक दिन राष्ट्रियस्तरका कलाकार*हरुको प्रस्तुती रहने बताइएको छ । भद्रपुर नगरपालिका–३ स्थित श्रीजंगा स्पोर्ट खेल मैदान हुने साँस्कृतिक मेलामा चर्चित गायिका तृष्णा गुरुङ, ¥यापर भिटेन, गायिका सीता सिंगक, मनिष लिम्बू, माङ्गेना लिम्बुलगायतका दजैनौँ कलाकारले आफ्नो प्रस्तुती दिने मेलाको साँस्कृतिक संयोजक तथा गायक संगीत आङ्खेवाले बताए ।

उनका अनुसार मेलामा लिम्बू धान नाच, केःलाङलगायतका लिम्बू संस्कृति तथा रहन–सहन झल्काउँने साँस्कृतिक कार्यक्रम*हरु समेत हुनेछ । भद्रपुर नगरपालिका वडा नं ३ र ४ को युवा समुहको संयुक्त आयोजना हुन लागेको मेलामा विभिन्न मनोरञ्जनात्मक खेल, तथा स्टलहरु समेत राखिने छ । सांस्कृतिक मेलाको अध्यक्ष सुबास इदिङ्गो रहेका छन् ।

उनका अनुसार उक्त मेला अवधिमा चासोक तङ्नाम झल्काउँने विभिन्न गीतको भिडियो छायाँकन गरिने कार्यक्रम रहेको छ । मेलाको तयारी धमामध भइरहेको आयोजक*ले जनाएको छ ।

Loading...
प्रकाशित मिति November 29, 2019