विश्वकै सबैभन्दा महंगो चकलेट..,मुल्य हेर्नुस कति ?

विश्वकै सबैभन्दा महंगो चकलेट..,मुल्य हेर्नुस कति ? चकलेटको स्वादले जो कोही*लाई लोभ्याउने गर्दछ । बजारमा विभन्न स्वाद र रंगमा चकलेट पाइन्छ । चकलेट*को गुणस्तर र परिमाण अनुसार त्यसको मूल्य निर्धारण गरिएको हुन्छ । साधारणतया एक चकलेट*को मुल्य एक रुपैयाँ देखि २–४ सय सम्म पर्छ होला भन्ने अनुमान गर्न सकिन्छ ।

तर, एउटै चकलेट को मूल्य डेढ लाखभन्दा बढी पर्छ भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । भारतको चर्चित आइटीसी कम्पनीले बनाएको चकलेटको मुल्य सुन्दा होस् उडाउने खालको छ । भारतको चकलेट उत्पादक कम्पनी आइटीसीले तयार पारेको चकलेट विश्वकै सबैभन्दा महंगो चकलेटका रुपमा रहेको कम्पनीले जनाएको छ । यो चकलेटको मूल्य प्रतिकिलो झण्डै ७ लाख रुपैया पर्दछ ।

जस अनुसार एक डब्बा चकलेट लाई मात्र भारु १ लाख अर्थात नेपाली १ लाख ६० हजार पर्ने गर्छ । उक्त चकलेटको नाम ट्रिनिटी–ट्रफल्स एक्स्ट्राअर्डिनेयर राखिएको छ । यो चकलेटले विश्वको सबैभन्दा महंगो चकलेटको रुपमा गिनिज बुकमा नाम लेखाउन समेत सफल भएको छ ।

दुनियाको सबैभन्दा महंगो साबित ट्रिनिटी चकलेट लाई फ्रान्सका शेफ फिलिप कन्टिसिनी र फेबेलका मास्टर चकलेटियरले बनाएका हुन् ।एक डब्बामा १५ ग्राम वजनका १५ वटा नै हुन्छन् । ३ प्रकारको स्वादमा तयार पारिएको ट्रिनिटी चकलेट टाहिटियन भेनिल्ला बिन्ससंगै टोस्टेड कोकोनट गार्निस, घाना डार्क चकलेट र जमैका ब्लू माउन्टेन कफीको मिश्रणमा बनाइएको कम्पनीको दाबी छ ।

Loading...
प्रकाशित मिति November 30, 2019