राम लिम्बू द भ्वाइस अफ नेपालको फाइनलमा प्रवेश

राम लिम्बू द भ्वाइस अफ नेपालको फाइनलमा प्रवेश..,हिमालयन टेलिभिजनमा प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–२ मा दर्शक र निर्णाएकको मन जित्दै झापा*को बिर्तामोडका २३ बर्षिय राम लिम्बुले टप ४ मा स्थान ओगटन सफल भएका छन । उनी हाल झापाली राष्ट्रिय कलाकार प्रमोद खरेलको टिम भित्र पनि परेका छन । सफल भएका हुन् ।

झापाको हल्दिबारीमा जन्मिएका राम हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् । बिर्तामोडमा बिगत ५ बर्ष देखि सांगीतिक क्षेत्रमा सकृय नेपालिसियन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी आफ्नो सांगितिक यात्रा*लाई यहा सम्म आप्नै स्वरको चमात्कार देखाउदै पुगेका हुन । ग्लोरी बोडिङ्ग स्कुलमा कक्षा १० सम्मको अध्ययन पश्चात् बाल्मिकी प्रोभिडियन्स कलेजमा अध्ययनरत उनी पूर्वबाट रियालिटी सोहरुमा सफलता पाउन नसकिरहेका अवस्थामा आफुले दर्शकको भरपुर साथ सहयोग पाउनेमा आशाबादी रहेका छन् ।

भोटिङ्ग आगामी शुक्रबार बेलुका कार्यक्रम शुरु भएसँगै बाट शुरु हुनेछ । कार्यक्रम शुक्रबार र शनिबार बेलुका ८ बजे*बाट प्रशारण हुदै आइरहेको छ । उनलाई चाहानेले भोटिङ्ग गर्ने कोड ०८ टाईप गरि ३७००० नेपालको लागी विदेश बाट भोटिङ्ग गर्नको लागी Prabhupay App डाउनलोड गरेर पनि भोटिङ्ग ब्यवस्था गरिएको छ ।

Loading...
प्रकाशित मिति November 30, 2019