२ वर्ष देखिको लामो प्रेम सम्बन्ध टुटेपछि तनावमा छु : अन्जली अधिकारी

२ वर्ष देखिको लामो प्रेम सम्बन्ध टुटेपछि तनावमा छु : अन्जली अधिकारी

काठमाडौ : गलबन्दी कि मोडल अन्जली अधिकारी अहिले लोक दोहोरी तथा आधुनिक गित*को मोडलिङ्गमा व्यस्त रहेकी छिन भने रिलिज हुन लागेको चलचित्र माया पिरिमको एक प्रमोसनल गितमा अभिनय गरेकाले अहिले मिडियामा छाइरहेकी छिन । मोडल अन्जली अधिकारी*को लाहुरे केटा*संग प्रेम छ भन्ने हल्ला केहि समय अघि सोसल मिडियामा खुब छाएको थियो ।

यस बारेमा क्यानाडा नेपाल संगको कुराकानीमा अन्जलीले भनिन् : “मेरो कोही प्रेमी छैन र लाहुरे केटा मेरो प्रेमी पनि भनेको होईन । मैले लाहुरे केटा राम्रो लाग्छ भन्दा प्रसारण गर्दा अर्कै तरिकाले देखाइयो जसले गर्दा दर्शक झुक्किनु भयो । मेरो अहिले कोही प्रेमी छैन भन्ने प्रष्टाउन चाहन्छु ।” अन्जली*ले आफ्नो पूर्व प्रेमी संग ब्रेकअप भएको किस्सा पनि अन्तर्वार्तामा सेयर गरेको छिन ।

अन्जली*ले भनिन् : “मलाई मोडलिङ्गमा रुचि थियो र भविष्य बनाउन थियो तर मेरो तत्कालिन प्रेमी लाई भने यो छेत्र मनपर्दैन थियो । त्यस्तो हुँदा सम्बन्ध सुमधुर हुन सकेन न त करियरमा अघि बढ्न सकिने भयो । अन्तत: हामी छुटियौ ।”

Loading...
प्रकाशित मिति November 30, 2019