भोलि देखि जोर बिजोर प्रणाली लागू..,गाडी नम्बर तपाईको जोर की बिजोर !

भोलि देखि जोर बिजोर प्रणाली लागू..,गाडी नम्बर तपाईको जोर की बिजोर ! तपाई*को गाडी नम्बर जोर की विजोर ? यदी जोर छ भने आइतबार गाडी* नचलाउनु*होस् । प्रहरी*ले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने पनि *प्रयोग नगर्नुहोस् । बिजोर छ र गाडी चलाउनै पर्ने भए* काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् । किन की, आइतबार*देखि दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) हुने भएकाले* सुरक्षा व्यवस्था कडा पारिएको छ । केही खेल शुरु भए पनि सागको औपचारिक उद्घाटन आइतबार राष्ट्रपति* विद्यादेवी भण्डारीबाट हुने तथा विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई* ध्यानमा राखेर प्रहरीले बिजोर नम्बरका गाडी मात्रै चलाउन भनेको छ ।

“खेलकूद प्रतियोगिता*लाई* शान्तिपूर्ण र भयरहित बनाउन तथा यातायत व्यवस्थापनमा समस्या *नहोस् भनेर जोर–बिजोर प्रणाली लागू गरिएको हो, आइतबार बिजोर नम्बरका गाडी मात्रै चलाउन पाइन्छ, त्यही पनि अत्यावश्यक* भएमा मात्रै, नत्र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी *वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भन्नुभयो ।

समापनको दिन मङ्सिर २४ गते भने जोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ । सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीका *लागि भने यो नियम लागू हुने छैन । जथाभावी रुपमा बाटो नकाट्न र हर्न नबजाउनसमेत प्रहरीले* सर्वसाधारणमा अपिल गरेको छ । सागका लागि प्रहरीले पार्किङ व्यवस्थापनलाई *चुस्त बनाएको छ । सर्वसाधारणका लागि टुँडिखेल र पत्रकारका लागि नेपाली सेनाको *अफिसर्स क्लबमा सवारी पार्किङको व्यवस्था गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमित बाहेक खेलकै लागि ७०० ट्राफिक प्रहरी खटाएको छ । सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो* तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । झण्डै दुई दशकपछि नेपालले तेस्रो *पटक साग आयोजना गर्ने अवसर पाएको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० को सङ्घारमा आयोजना भएको सागले विश्वमै *नेपालको प्रचार हुने भएकाले पनि शान्ति सुरक्षा अझै विशेष छ ।नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा* रहेको सुरक्षा समन्वय समितिले सुरक्षाकर्मी परिचालन गरेको छ । जनकपुरमा प्रदेश नं २ र पोखरामा गण्डकी प्रदेश प्रहरी प्रमुखको नेतृत्वमा सुरक्षाकर्मी खटिएका छन् । ‘शान्ति, मित्रता र समृद्धि’ को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय* बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।

खेलाडी*लाई आवासस्थानदेखि खेलस्थलसम्म जान आउनका लागि प्रहरीले *स्कटिङको व्यवस्था गरेको छ । दर्शकबीच पक्ष विपक्षमा हुन सक्ने सम्भावित गतिविधिको उच्च निगरानी गरिएको प्रहरी नायब महानिरीक्षक* विश्वराज पोखरेलले बताउनुभयो । प्रहरीले विमानस्थल प्रवेशद्वारदेखि नै खेलाडी र विशिष्ट पाहुनाको विशेष* सुरक्षा निगरानी गरेको छ भने आवागमनका लागि सुरक्षा सहजीकरण गरिरहेको छ । प्रहरी महानिरीक्षक खनालले सुरक्षामा कुनै सम्झौता नगरी जिम्मेवारी पूरा गर्न प्रहरी *कर्मचारीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी र नेपाली सेनालेसमेत आवश्यक मात्रामा सुरक्षाकर्मी* परिचालन गरेको छ ।

भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी तथा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । राष्ट्रिय अनुसन्धानले सुक्ष्म रुपमा परिस्थितिको* अनुसन्धान र विष्लेषण गर्ने गरी सुरक्षा समन्वय गरिएको छ । आवश्यक मात्रामा सादा पोशाकमा प्रहरी परिचालन भएको र थप सुरक्षा बलसमेत तयारी *अवस्थामा राखिएको छ । सागअन्तर्गत काठमाडौँको १२, ललितपुरको नौ, पोखराको आठ तथा जनकपुरको एक स्थानमा खेल हुनेछ ।

यसपटक सागमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको छ । खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाडी सहभागी हुने बताइएको छ । सागका नौ खेल पोखरा, एक खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन् ।

नेपालले सबै खेलमा सहभागिता जनाउने छ । खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डल, अतिथिसहित दुई हजार २०९ जना तथा स्वयंसेवक करीब दुई हजार खटिनेछन् । सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्य पदकका लागि *प्रतिस्पर्धा हुनेछ । खेलमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छ । साग कै लागि विभिन्न सडक क्षेत्र कालोपत्रे गरिएको छ भने खाल्डाखुल्डी* पुरिएको छ ।

खेल हुने स्थान पुनःनिर्माण गरेर रङ्रोगन तथा झण्डा फहराएर चिटिक्क पारिएको छ । सडकका विभिन्न क्षेत्रमा साग*सँग सम्बन्धित तुल र ब्यानर राखिएको छ । सागको मस्कट कृष्णसारको आकृतिमा छ । रासस

Loading...
प्रकाशित मिति November 30, 2019