नेपाली महिला भलिबल टोली फाइनलमा प्रवेश गरेपछि उत्सव मनाउँदै

काठमाडौँ, १४ मंसिर : नेपाल*मा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल प्रतियोगिता मा श्रीलंका लाई ३-० को सोझो सेटले पराजित गरेसँगै खेलाडी*हरू उत्साहित भएको छ । फाइनल मा प्रवेश गरेसँगै खेलाडी र खेल प्रेमीहरु उत्साहित हुनुको साथै त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कवडहरुमा खुसीयालीमा नाचगान समेत भयो ।

यसअघि नेपालमा भएको समुहचरणको खेलमा भारत*सँग नेपाल पराजित भएको थियो । प्रतियोगितामा विजय हासिल गरेसँगै खेलाडी हरूले उत्सव मनाएका थिए । सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक कांस्य पदक जितेको थियो ।

फाइनलमा भने नेपालले भारत लाई पराजित गर्न निकै मुस्किल हुनेछ । समूह चरणको खेलमा पनि भारत र नेपालको भेट भइसकेको छ । उक्त खेलमा भारतले नेपाल लाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । जारी खेलमा भारत कुनै खेलमा पनि हारेको छैन । समूह चरणको दुई खेलमा भारतले सोझो सेटमा नै जित निकालेको थियो । सागमा महिला भलिबलमा नेपालले अहिलेसम्म कास्य मात्रै जितेको छ भने भारतले लगातार स्वर्ण जित्दै आइरहेको छ ।

Loading...
प्रकाशित मिति December 1, 2019