नेपाली कांग्रेस चितवनका तीनवटै वडामा विजयी…

नेपाली कांग्रेस चितवनका तीनवटै वडामा विजयी…

चितवन, १५ मंसिर : भरतपुर महानगरपालिका– १६ मा नेपाली कांग्रेस*ले नतिजा उल्टयाएसँगै चितवन*का तीनवटै वडामा भएकाे उपनिर्वाचनमा नेपाली कांंग्रेसले नै बाजी मारेकाे छ छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको भरतपुर– १६ मा शनिबार भएको उपनिर्वाचनमा कांग्रेसले नतिजा उल्ट्याएको हो । चितवन*का दुई पालिकाका तीन वडामा भएको उपनिर्वाचन अन्तरगत खैरहनी- ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेत, खैरहनी- ४ मा देवबहादुर बस्नेत र भरतपुर- १६ मा कांग्रेसकै अमृतराज हमाल विजयी भएका हुन् । भरतपुर- १६ मा अमृत हमाल ३ हजार १८३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा*का उम्मेदवार भक्तराज हमाले २ हजार ८७५ मत ल्याएका थिए ।

यसअघि उत्त वडामा तत्कालीन नेकपा एमालेका चतुरमान गुरुङ निर्वाचित भएका थिए । यसैबीच खैरहनीको वडा नम्बर- ४ मा नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गर्दै कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेत विजयी भएका छन् । साेही वडा नम्बर- ५ मा कांग्रेसका उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधान*लाई ८६ मतअन्तरले पराजित गरेकी हुन् । यी दुवै वडामा यसअघि पनि कांग्रेकै विजय थियो ।

Loading...
प्रकाशित मिति December 1, 2019