न्यानो कपडा बोकेर सहयोग गर्न नुवाकोटको ककनी पुगे क्याप्टेन विजय लामा !

न्यानो कपडा बोकेर सहयोग गर्न नुवाकोटको ककनी पुगे क्याप्टेन विजय लामा !

क्याप्टेन विजय लामा शुक्रबार नुवाकोट*को ककनी गाउँपालिका को वडा नम्बर ५ स्थित जालपादेवी आधारभूत विद्यालय*मा पुगेका छन । त्यस विद्यालयका विद्यार्थी हरुको लागि उनले न्यानो कपडा र दिवा खाजा लिएर त्यहाँ पुगेका हुन् । न्यानोपन संस्था मार्फत ति सामग्री*हरु लिएर उनि त्यहाँ पुगे । सोही वडाका नेपाली काँग्रेसका प्रत्यासी वडाध्यक्ष बुद्धराज लामा र नेपाल तरुण दल क्षेत्र नम्बर १ नुवाकोटका अध्यक्ष यदुमान लामाको पहलमा वरिष्ठ अभिनेता लामा त्यसरी पुगेका हुन् ।

यसअघि उनी सोही ठाउँमा असार १५ को रोपाइँ जात्रामा प्रमुख अतिथि भएर पुगेका थिए । बरिस्ठ अभिनेता लामाको उपस्थिति देख्दा, शिक्षिका उषा लामाले गर्वको महसुस भएको कुरा बताइन् । उनले भनिन्, सधैं स्क्रिनमा देखिएका अनुहारले शैक्षिक विकासमा बालबालिका लाई उत्साह प्रदान गरेकोमा बेहद खुशी छु भनिन । यसैगरी केही बिद्यार्थीले उनी अभिनित चलचित्रका गीत पनि गुनगुनाएका थिए ।

Loading...
प्रकाशित मिति December 1, 2019