अब ताप्लेजुङको पाथिभरा दर्शनका लागि हवाई सेवा सञ्चालन

अब ताप्लेजुङ को पाथिभरा दर्शनका लागि हवाई सेवा सञ्चालन..,विराटनगर बाट हवाइजहाज र धरान बाट हेलिकप्टर बाट दर्शन*मा जाने भक्तजन लाई लगिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिक स्थल हलेसी र पाथिभरा*को दर्शन का लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ । विराटनगर बाट हवाइजहाज र धरान बाट हेलिकप्टरबाट दर्शनमा जाने भक्तजन लाई लगिनेछ ।

सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थल हरुलाई केन्द्र बनाएर उडान भर्ने भएका हुन् । यही मंसिर २७ गते देखि ताप्लेजुङ को पाथिभरा र खोटाङ को हलेसी लाई केन्द्र बनाएर दुवै कम्पनीले उडान भर्ने तयारी गरेका छन् ।

Loading...
प्रकाशित मिति December 1, 2019