१३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारी*ले १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को आइतबार साँझ* दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच उद्घाटन* गर्दै हुनुहुन्छ । करीब सवा तीन घण्टा अवधिको उद्घाटन सत्रमा सहभागी मुलुकका* खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक* कार्यक्रम प्रस्तुत हुनेछ ।

उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम* प्रस्तुत हुनेछ । सरकारले १३औँ साग प्रतियोगिता लाई ऐतिहासिक, भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा *गरिसकेको छ । प्रतियोगीतामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन* कार्यक्रम आजै सम्पन्न भइसकेको छ । काठमाडाँै, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका* माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरव उठाउने हिसाबले ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर *बाँकी नराख्ने युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले बताउनुभयो ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको* सहभागिता रहनेछ । दक्षिण एशियाली मुलुक बीचको यो प्रतियोगीता लाई खेलकूद* उत्सवको रुपमा लिने गरिएको छ । सागको यस पटकको मस्कट ‘कृष्णसार’ रहेको छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले* प्रतियोगितामा ५९४ खेलाडीको सहभागिता रहनेछ । सागलाई सफल तुल्याउन करीब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको छ ।

सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न* गरिसकेको छ । सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत* महिला फुटबल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पर्यटकीयस्थल पोखरामा तथा ऐतिहासिक नगरी जनकपुरमा कुस्ती खेल हुनेछ । १३आँै सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ । नेपालले यो प्रतियोगीतामा कम्तिमा पनि दोस्रो स्थान हासिल गर्ने दाबी गरेको छ ।

सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडी लाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै *घोषणा गरिसकेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुनेछ । दक्षिण एशियाली* मुलुकसहित विश्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।

सरकारले सन् २०२० का लागि घोषणा गरेको नेपाल भ्रमण वर्षको* रणनीतिक तयारी योजनासँग जोडेर यस पटकको सागको तयारी गरेको छ । काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुना लाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेषभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ । यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री *विश्वकर्मा बताउनुहुन्छ ।

Loading...
प्रकाशित मिति December 1, 2019