प्रचण्डकै गृह जिल्लामा नेकपा निल..,नेपाली कांग्रेसको तीनवटै वडामा शानदार जित

१५ मंसिर, काठमाडौं : चितवन*को तीन वटै वडामा नेपाली काङ्ग्रेस का *उम्मेदवार विजयी भएका छन । भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली काँग्रेस* विजयी भएको हो । भरतपुर महानगर १६ का काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् । उनले नेकपाका भक्तराज हमाल*लाई पराजित गरेका हुन् ।

अमृतराजले ३१८३ मत प्राप्त गरेभने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका*उम्मेद्वार विजयी भएका थिए । खैरहनी नगरपालिका ४ मा काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेतले *नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारी*लाई १५२ मत अन्तरले पराजित गरेका हुन् ।

खैरहनी नगरपालिकाकै ५ मा नेपाली काँग्रेस *विजयी भएको छ । नेपाली काँग्रेसकी उम्म्द्वार प्रतिमा कार्कीले *नेकपाका उम्मेद्वार पुननारायण प्रधान लाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्की ले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।

Loading...
प्रकाशित मिति December 1, 2019