प्रधानमन्त्री ओलीलाई आईसीयुमै टिभी साग उद्घाटन समाराेहकाे लाइभ हेर्न…

प्रधानमन्त्री ओलीलाई आईसीयुमै टिभी साग उद्घाटन समाराेहकाे लाइभ हेर्न…

काठमाडौँ, १५ मंसिर : एपन्डिसाइटिसको अप्रेशनपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली*लाई १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन समारोह हेर्ने व्यवस्था मिलाइएको अस्पताल स्रोतले जनाएको छ । दशरथ रंगशाला*मा हुने उद्घाटन समारोहमा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेकाले आइसियूबाटै प्रधानमन्त्रीले टिभीमार्फत उदघाटन हेर्नुहुनेछ ।

मनमोहनको पाँचौ तल्लास्थित आईसीयुमै उहाँका लागि टिभी सेट उपलब्ध गराइएको उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिए । प्रम ओलीले सागको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्ने इच्छा व्यक्त गर्नुभएकोले आइसियूमै टिभी उपलब्ध गराइएको डा सायमीको भनाइ छ ।

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको समेत उनकाे भनाइ छ ।

१३ औँ सागकाे आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । उद्घाटन समारोहलाई ऐतिहासिक बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी, कलाकारसहित करिब १५ हजार जनशक्ति फिल्डमा परिचालन गरिँदैछ ।राष्ट्रिय खेलकुद परिषद्का अनुसार १३औं सागमा सात देशका २ हजार ९ सय १० खेलाडी र ७ सय ६९ ‘अफिसियल’ सहभागी हुँदैछन् । नेपालबाट ५ सय ९४ खेलाडी र १ सय ८६ व्यवस्थापक तथा प्रशिक्षक हुनेछन् । प्रतियोगिता अवधिभर ३ सय १७ स्वर्ण, त्यति नै रजत र ४ सय ८१ कास्य पदकको छिनोफानो हुनेछ ।

Loading...
प्रकाशित मिति December 1, 2019