आज विवाह पञ्चमी जनकपुरधाममा आज सीता र रामको विवाह महोत्सव मनाइँदै

आज विवाह पञ्चमी जनकपुरधाममा आज सीता र रामको विवाह महोत्सव मनाइँदै..,प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज भगवान् सीताराम विवाह* महोत्सव–२०७६ हर्षोल्लासपूर्वक मनाइँदैछ । त्रेतायुगमा भगवान् सीता-राम*को विवाह भएको स्मरणमा* मिथिलावासीले यहाँ हरेक वर्ष विवाह पञ्चमीका दिन प्रतीकात्मक *सीता-राम*को विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेतायुगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह *प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरुषोत्तम रामका गुरु विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीता*सँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाइने गरेको छ ।

सोही विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु *महोत्सवको विशेषता मानिएको छ । महोत्सवमा यसपटक अयोध्याबाट नै प्रतीकात्मक भगवान् रामको जन्ती आएकाले जनकपुरधाममा मानव सागर ओर्लेको छ । भगवान् रामको चरित्र लौकिक र अलौकिकरूपमा *लोकमानसमा अङ्कित छ । अलौकिक रूपमा रामलाई निर्गुण ब्रह्न एवम् सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा, बुद्धिरूपा, ब्रह्ममयी र योगमायाको* सङ्ज्ञा दिइएको छ ।

सीता*लाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा *उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमन देखि बिहे सम्म सहभागी हुने गरेका छन् । एउटा आश्चर्यको कुरा के छ भने मिथिलाका ८० प्रतिशतभन्दा अधिक नाममा रामको ‘र’ अथवा सीताको ‘स’ पाइन्छ । ‘र’ एवम् ‘स’ मिथिलावासीको चेतन, अवचेतन र अचेतनसम्म पुगेको दृष्टिगोचर हुन्छ ।

मिथिलामा कुनै पनि धार्मिक, सांस्कृतिक अनुष्ठानमा सीतारामको चर्चा आवश्यक मानिन्छ । त्यसैले पनि मिथिलामा प्रत्येक *दुलहालाई राम र प्रत्येक दुलहीलाई सीताका रूपमा* विवाह गर्ने चलन छ । मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकीमन्दिरबाट *रामसीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगी स्वयंवर र परीक्षण विधि भएपछि जानकी* मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ ।

अयोध्या बाट जन्तीका रूपमा आएका प्रतीकात्मक दशरथका भूमिकामा रहेका कन्हैया *दास वर्तमान समयमा पनि सीता-राम*को विवाहको आयोजनाले हिन्दू संस्कृति लाई जीवन्तता प्रदान गरिरहेको* बताउनुहुन्छ । सीताले नै रामको चरित्र लाई दिगो बनाएका कारण सीता-राम*को आदर्श मानव सभ्यता संस्कृतिका लागि* अनुुकरणीय रहेको उहाँ प्रस्ट गर्नुहुन्छ । रासस

Loading...
प्रकाशित मिति December 1, 2019