मेरो जित रविन्द्र*प्रतिको सम्मान हो : विद्या भट्टराई

मेरो जित रविन्द्र*प्रतिको सम्मान हो : विद्या भट्टराई

कास्की २ बाट प्रतिनिधिसभा सदस्य*मा निर्वाचित विद्या भट्टराई*ले पूर्वाधार विकास र सामाजिक विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएकी छन् । शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार साँझ सकिएको छ, जसमा भट्टराई विजयी भएकी छिन् । कास्की २ बाट निर्वाचित अधिकारीको गत फागुन*मा हेलिकप्टर दुर्घटनामा नि*धन भएको थियो ।

त्यस*पछि रिक्त पदमा उनकी पत्नी भट्टराई विजयी भएकी हुन् । उनले भनिन्, ‘जनता सँग जसरी मत माग्न घरदैलो गएको थिएँ, आर्शिवाद पाएको थिएँ । अब फेरि जनतासामू जान्छु र आफ्नो प्रतिवद्धता व्यक्त गर्छु । पूर्वाधार विकास, सामाजिक विकासमा काम गर्ने आफ्नो प्रतिवद्धता भएको भन्दै उनले पोखरा लाई पर्यटकीय राजधानी बनाउन भूमिका खेल्ने पनि बताएकी छिन् ।

केही छिटफुट घ*टना बाहेक निर्वाचन शान्पिूर्ण रुपमा सम्पन्न भएको भन्दै उनले सबै दललाई धन्यवाद दिएकी छिन् ।

Loading...
प्रकाशित मिति December 2, 2019