यिनी हुन् रमिला श्रेष्ठ २०७२ सालको भूकम्पमा धरहराबाट खसेर भाग्यले बाँचेकी

यिनी हुन् रमिला श्रेष्ठ २०७२ सालको भूकम्पमा धरहराबाट खसेर भाग्यले बाँचेकी..,कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामी*लाई भनिरहन्थिन्- ‘मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ ।’ उनको अनुहारमा तनावका धर्सा देखिए*पछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ । तर, कुरा गर्दै जाँदा उनी आफैँ प्रसंग निकाल्थिन् र सन्दर्भ लम्बिँदै जान्थ्यो ।

तीन दिनअघि उनले फेरि भूकम्प गएको सपना देखिन् । यो तीन वर्षमा उनले भूकम्प गएको सपना सयौँपटक देखिसकिन् । बिहानपख उनलाई बेस्सरी खाट हल्लिएजस्तो हुन्छ र उनी असिनपसिन हुँदै उठ्छिन् । ‘म भूकम्प गएको सपना देखिरहन्छु, तीन दिनअघि पनि देखेकी थिएँ । सपनामा खाट हल्लिएजस्तो लाग्छ,’ आफूले बारम्बार देख्ने सपना सम्झिँदै उनले सुनाइन्, ‘त्यस्तो सपना देख्दा अबचाहिँ बाँच्दिनँ किजस्तो पनि लाग्छ । भूकम्पको सपना उनी प्रायः बिहानपख देख्छिन् ।

सपना*बाट ब्युँझिएपछि उनलाई असाध्यै डर लाग्छ र फेरि निदाउनै सक्दिनन् । बारम्बार देखिने त्यही सपनाले उनलाई लखेटिरहन्छ । ‘यस्तो सपना कहिल्यै नदेखिए पनि हुन्थ्यो भन्ने लाग्छ, तर देखिरहन्छु,’ उनी भन्छिन् । ०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा चढ्न पुगिन् । धरहराको टुप्पोबाट फेदमा मान्छेहरू किरिङमिरिङ देखिन्थे । गाडीको गोलाकार धर्सो टुँडिखेललाई केन्द्र पारेर चलायमान थियो ।

रामेछाप*बाट काठमाडौं घुम्न आएकी उनलाई धरहरामाथिबाट काठमाडौं हेर्दा मज्जा लाग्यो । तर, धरहराको माथिल्लो उचाइबाट काठमाडौं हेर्दा लागेको खुसी धेरै बेर टिक्न सकेन । एक्कासि हावा चलेजस्तो लाग्यो, उनी थुचुक्कै भुइँमा बसिन् । त्यसपछि के भयो उनलाई थाहा छैन ।होसमा आउँदा बेस्सरी घामले पोलेजस्तो भयो । भित्र कहाँ–कहाँ पीडा भएजस्तो, मुख सुकेजस्तो लागेको थियो । फेरि धुम्म भयो । छिनछिनमा होस आउँदै–जाँदै गरेको थियो ।

होसमा आएका वेला खुट्टा पसारेर बसेको अवस्थाको सम्झना छ, उनलाई । खुट्टा चलाउन खोजिन्, तर सकिनन् । खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँचिएको थाहा पाउन उनलाई धेरै बेर लागेन..,ला यस्तो भयो, अब ममी–ड्याडीले मार्नुहुन्छजस्तो लाग्यो, एकदमै डर लागेको थियो,’ तीन वर्षअघिको घटना सम्झिँदै उनले भनिन् । एकैछिनमा उनलाई कसैले वीर अस्पताल पुर्‍यायो । कसले लग्यो उनलाई अझैसम्म थाहा छैन । साँझपख एकजना दिदीले दिउँसोको घटना सम्झाएपछि बल्ल भूकम्प गएको र आफू धरहराबाट खसेर पनि बाँच्न सफल भएको उनलाई थाहा भयो । त्यसपछि यति धेरै खुसी भएँ कि भन्नै सक्दिनँ, धरहराबाट खसेर पनि बाँचेको कुराले मलाई दोस्रो जुनी पाएजस्तै लाग्यो,’ उनले सुनाइन् ।

भूकम्प*पछिको एक वर्ष भने सुखद रहेन, उनको । भाँचिएको खुट्टा निको भएन । दुवैतर्फ काखीमा वैशाखी च्यापेर जसोतसो घरवरपर डुल्न त सक्थिन्, तर धेरै टाढा हिँड्न सकिनन् । खुट्टामा राखेको स्टिल हल्लिन थालेपछि उनलाई अब कहिल्यै खुट्टा निको हुँदैन जस्तै लाग्यो । ‘मेरो अप्रेसन बिग्रिएछ, हिँड्दा खुट्टामा राखेको स्टिल हल्लिन्थ्यो, डाक्टरले ६–७ महिनामा निको हुन्छ भनेका थिए, तर निको भएन,’ उनले भनिन्, ‘त्यो एक वर्ष म रोईरोई बाँचेँ, नरोएको दिन नै हुँदैनथ्यो ।’ एक वर्षपछि उनलाई निको भयो ।

काखीबाट वैशाखी उत्रियो । त्यसपछि भने उनलाई विछट्टै खुसी लाग्न थाल्यो । ‘भाग्य’ले दोस्रो जुनी पाएको ठानेकी उनलाई जीवनमा केही गर्नैपर्छ भन्ने लाग्छ । ‘यत्रा मान्छे मर्दा पनि म बाँचेकी छु, जीवनमा केही गर्नैपर्छ*जस्तो लागेको छ,’ उनी भन्छिन् । अनलाईन मिडिया बाट साभार ।

Loading...
प्रकाशित मिति December 2, 2019