नेकपाका कुरुम्बाङ फाल्गुनन्द गाउँपालिका मा विजयी

मिक्लाजुङ, १६ मङ्सिर : पाँचथर*को फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय* हासिल गर्नुभएको हो । गए राति सम्पन्न मतपरिणामानुसार कुरुम्बाङले पाँच हजार ३६९ मत प्राप्त *गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङ्देम्बेले चार हजार ५६३ मत प्राप्त* गर्नुभएको छ ।

त्यस्तै समाजवादी पार्टीकी विमला आङ्देम्बेले ३२०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राष्ट्रिय प्रजातन्त्र पार्टीका* सुसुहाङ चेम्जोङले २८, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का मोतीप्रसाद आङ्देम्बेले ७५, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले १२ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा १७९ मत बदर भएको निर्वाचन अधिकृत नवराज दुलालले8 जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा* उपनिर्वाचन भएको हो । विसं २०२४ वैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा पिता नरबहादुर र आमा दिलमाया कुरुम्बाको जेठो छोराका रुपमा वीरबहादुरको जन्म भएको थियो । कुरुम्बाङले प्रवीणता *प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । विसं २०५२ मा तत्कालीन नेकपा (एमाले)बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित* हुनुभएको थियो ।

Loading...
प्रकाशित मिति December 2, 2019