कुकुरलाई पाटेबाघ बनाए बाँदरबाट बाली जोगाउन…

कुकुरलाई पाटेबाघ बनाए बाँदरबाट बाली जोगाउन…हामीकहाँ पनि बाँदर*ले बालीनालीको नोक्सानी गरिदिएर हैरान बनाउँदछ । किसान*हरुले बाँदरबाट* बाली जोगाउन अनेक उपाय अपनाउने गरेका छन् । अहिले त स्थानीय सरकार*हरुले समेत बाँदर नियन्त्रणका* लागि बजेट नै छुट्टाउने गरेका छन् । बाँदरको बदबासी*बाट आजित भारतको कर्नाटकका एकजना किसानले *चाहीँ बाँदर धपाउने अनौठो उपाय अपनाएका छन् ।

ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो* घरको कुकुरलाई बाघ बनाइदिएका छन् । कुकुर*लाई बाघ कसरी बनाउन सकिन्छ ? ती किसानले गज्जबको* आइडिया लगाए । उनले आफ्नो कुकुर*लाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिएका छन् ।

जसका कारण त्यो कुकुर ठ्याक्कै* पाटेबाघ जस्तो देखिन्छ । खुसीको कुरा त के भने यो ‘बाघ’ आइडियाले निकै* काम गरेको छ । बाघ बनाइएको यो कुकुर*बाट बाँदर तर्सिन थालेको छ ।

कुकुर*लाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत *डराएका छन् । आशा गरौँ यो कुकुरले आफ्नो बाघ अवतार *कायमै राख्नेछ । यसले बाँदरका अगाडि भुलेर पनि भुक्ने छैन । यदि भुक्न थाल्यो* भने त बाँदरले पत्तो पाइहाल्ने छन् । ती किसानले कुकुर*लाई बाघ बनाउनका लागि सामान्य रङको* प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् ।

एजेन्सीको सहायेगमा

Loading...
प्रकाशित मिति December 2, 2019