धरानमा लगाइसकेको माला फालियो.,एक भोटको दुर्भाग्य

१६ मंसिर, धरान : चुनाव जितेर अबिर माला समेत लगाइ*सकेका उम्मेदवार*ले माला फुकालेर *अर्कोलाई बधाई दिनुपर्‍यो भने कस्तो होला ? धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा* यस्तै भएको छ । धरान उपहानगरपालिको मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको *भनेर बिजय जुलुस पनि हुँदै थियो । तर एकाएक वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदीले १ मतले जितेको आधिकारिक* घोषणापछि अबिर माला लगाएर विजयोत्सवमा रहेका कांग्रेसका सुवर्ण पालिखेले माला फुकाल्नुपर्‍यो ।*

विजय उत्सव मनाइ सके*पछि उनी एक मतले हारेको जानकारी निर्वाचन* आयोगले गराए*पछि उनले अबिर पुछेर माला फुकाले । यसअघि बदर भनिएको मत पुनः जाँच गर्दा सदर भएपछि नेकपाका जीवन सुवेदी ६२२ मतले बिजयी भए । पालिखे ६२१ मतमा रोकिए । लगाइसकेको माला फुकाल्दा उनी हतप्रभ देखिन्थे ।

कांग्रेसले परिणाम अस्वीकार गर्दै पुनः मतगणनाको माग गरेको छ । वडाध्यक्षमा निर्वाचित सुवेदी २०७४ को चुनावमा वडा सदस्य निर्वाचित* भएका थिए । उनी २०५४ मै वडाध्यक्ष भइसकेको तत्कालीन एमालेका पुराना नेता हुन् ।

धरान ७ का वडाध्यक्ष भुवन मोक्तानको निधन*पछि उपचुनाव भएको हो । मोक्तान एमाले*बाट निर्वाचित भएका थिए ।

Loading...
प्रकाशित मिति December 2, 2019