१३ औं साग : महिला टिम कातामा पनि नेपाललाई स्वर्ण पदक

१३ औं साग : महिला टिम कातामा पनि नेपाललाई स्वर्ण पदक !

काठमाडौँ, १६ मङ्सिर : तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँते*को महिला टिम कातामा नेपाल ले स्वर्ण पदक हात पारेको छ । सातदोबाटो स्थित कराँते हलमा आज भएको खेलमा *नेपाल ले पाकिस्तान लाई पराजित गर्दै स्वर्ण *पदक हात पारेको हो । नेपाले २४.८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तान ले २३.३ अङ्क प्राप्त गयो ।

नेपाली टिममा* निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की हुनुहुन्थ्यो । समूह चरणको खेल मा नेपाल ले २४.७४, बङ्गलादेश ले २४.०८, पाकिस्तान ले २५.१४ र श्रीलङ्काको टिमले २२.२५ प्राप्त गरेका थियो ।

१३ औं साग : महिला टिम कातामा पनि नेपाललाई स्वर्ण पदक !

 

Loading...
प्रकाशित मिति December 2, 2019