गोल्ड मेडल जितेपछि आयशा भावुक हुँदै श्रीमान*लाई अँगालो हालेर रोइन्…

काठमाडौ, १६ मङ्सिर : १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई सन्तानकी आमा आयशा शाक्यले *तेक्वान्दोको पुम्से (कला प्रदर्शनी) २९ वर्ष माथिको विधामा *स्वर्ण जितेकी छिन् । शाक्यले भारतीय खेलाडी*लाई पछि पार्दै *स्वर्ण पदक हात पारेकी हुन् । उनले ७.९४० अंक ल्याइन् ।

दोस्रो भएकी भारत प्राजाकिताले ७.६४० अंक र तेस्रो भएकी श्रीलंकाकी गायत्रीले ७.५५० अंक बटुलिन् । आयशाले साग इतिहासमा तेक्वान्दोको दुई फरक विधामा स्वर्ण जितेर* इतिहास समेत बनाइन् । उनले सन् २०१० मा भएको एघारौं सागमा उनले ग्योरुगी (फाइट) मा स्वर्ण* जितेकी थिइन् । यसैबीच, १३औं सागमा २९ वर्षमाथिको कराते पुम्सेतर्फबाट* स्वर्ण पदक जितेपछि आयशा निकै भावुक बनेकी छन् ।

स्वर्ण पदक विजेता बनेसँगै खुसी साट्ने क्रममा उनका पति तथा पूर्व प्रशिक्षक* दिपक विष्टसँग अंगालो मार्दै उनि रोएकी थिइन् । १२औं सागमा पुम्से तर्फ नेपालले स्वर्ण पदक प्राप्त गर्न *असफल भएको थियो । जुनबेला उनको लागि भारत बाधक बनेको थियो । त्यतिबेला उनी २ वर्षका छोराकी आमा थिइन् । आमा बनेर स्वर्ण* जित्ने उनको सपना त्यतिबेला पूरा हुन सकेन ।

यसपटक*को सागमा उनले आफ्ना दुई सन्तानका लागि स्वर्ण* जित्ने लक्ष्य बनाएकी थिइन् । उनको यो लक्ष्य सोमबार पूरा भयो । स्कोरबोर्डमा भारतीय खेलाडी*लाई पछि पारेको अंक देखाउने* बित्तिकै उनी भावुक बनेकी थिइन् । त्यसपछि सँगै रहेका श्रीमान् दिपक विष्ट*लाई अगाँलो *मारेर उनी निकै बेर रोइन् । त्यतिबेला दिपक पनि निकै भावुक देखिए ।

Loading...
प्रकाशित मिति December 2, 2019