अस्पतालबाट भिडियो सन्देश : म उठेर बोल्न सक्ने अवस्थामा छु.,मेरो स्वास्थ्यमा सुधार हुँदैछ !

अस्पतालबाट भिडियो सन्देश : म उठेर बोल्न सक्ने अवस्थामा छु.,मेरो स्वास्थ्यमा सुधार हुँदैछ !

प्रधानमन्त्री केपी शर्मा ओली*ले भिडियो सम्बोधनमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन् । उनले आफू उठेर बोल्न, साथी*हरुसँग कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । उनको मगलबार एपेण्डिसाइटिसको अप्रेसन गरिएको थियो । सेन्टरको सघन उपचार कक्षमा रहेका उनले सोमबार भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ ।

एउटा मेजर अप्रेसन*पछि तपाईं*हरु देखिरहनु भएको छ ‘मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’ आफूले आइतबारको १३ औं ‘साग’को उद्घाटन समारोह पनि पूरै हेरेको उनले सुनाएका छटन् ।

‘हुनसक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएका*मा खुसी लाग्या छ’ उनले भनेका छन्, ‘मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडी*हरु र सार्क क्षेत्रका खेलाडी*हरु, सबैलाई आग्रह गर्दछु ।’

Loading...
प्रकाशित मिति December 2, 2019