१३ औं साग : पहिलाे दिन कराँतेमा नेपाललाई सर्वाधिक सफलता ७ स्वर्णसहित ९ पदक…

१३ औं साग : पहिलाे दिन कराँतेमा नेपाललाई सर्वाधिक सफलता ७ स्वर्णसहित ९ पदक…

काठमाडौं, १६ मंसिर : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल*लाई कराँतेमा पहिलो दिन सर्वाधिक सफलता हात परेको छ । नेपाल*ले कराँतेको ९ वटा स्वर्ण पदकका लागि भएको खेलमा ९ पदक नै जित्दै करातेमा सर्वाधिक सफलता हासिल गरेको हो । नेपाल*ले ७ वटा स्वर्ण र दुई वटा रजत जितेको छ । कातामा ३ र कुम्तेमा ४ वटा जितेको छ ।

काँतामा टिम इभेन्टको महिला र पुरुष तथा एकलतर्फ मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए । यस्तै कुमुतेतर्फ विप्लव श्रेष्ठ, लक्ष्मण तामाङ, कुसुम खड्का र अनु अधिकारीले स्वर्ण जिते । दुुई रजत दिपक चञ्चला दुनुुवार र दिवस श्रेष्ठले जिते । कुमेततर्फ कुसुम खड्काले ४५ केजी मुनि तौल समूह, अनु अधिकारीले ४५ केजी मुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका हुन् ।

यस्तै विप्लव श्रेष्ठले ८४ केजी माथि तौल समूह र ५५ केजी तौल समूहमा स्वर्ण लक्ष्मण तामाङले स्वर्ण जितेका हुन् । दिवस श्रेष्ठले पुरुष ८४ किलो तौल समुहमा रजत पदक जिते । कराते पुरुष टिम कातामा नेपालका मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जिते । मण्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाए ।

नेपाल*लाई महिला टिम कातामा नेपालले स्वर्ण जित्यो । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले स्वर्ण जितेको हो । भने चञ्चलाले महिला एकल कातामा रजत पदक जितिन् । कराँतेमा पाकिस्तानले दुई स्वर्ण जितेको छ । पाकिस्तानकी सइदाले महिला एकल काता र
अवाइस मोहम्मद ८४ किलो तौल समुहमा स्वर्ण जितेका हुन् । फाइनल*मा सहदाले चञ्चाल र अवाइसले दिवस*लाई पराजित गरेका थिए ।

Loading...
प्रकाशित मिति December 2, 2019