त्यहाँ म सिधै ल्याण्ड गर्छु जुन सगरमाथा*मा सबै चढ्न चाहन्छन् : प्रिया अधिकारी

३१ वर्षकी प्रिया अधिकारी नेपाल*की एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथा*को उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् । प्रिया डाक्टर बन्न चाहन्थिन् तर एउटा भेटले उनलाई पाइलट प्रेरित गर्यो । उद्धार पाइलटको जुन जिम्मेवारी छोडेर आधा दर्जन युवती*हरु भाग्छन् उनले त्यही करिअर रोजेकी छिन् ।

प्रिया ३० जना पुरुषको टिममा एक्ली महिला हुन् । उनले ९ वर्षको समयमा सगरमाथा*को आसपासबाट १ हजारभन्दा बढीलाई उद्धार गरिसकेकी छिन् । प्रिया अधिकारीसँग भारतीय मिडिया दैनिक भास्करले कुराकानी गरेको छ । दैनिक भास्करकी पत्रकार उपमिता वाजपेयीले आफ्नो मिडियाको लागि प्रिया अधिकारीसँग गरेको अन्तरवार्ता यहाँ अनुवाद गरिएको छ ।

मेडिकलको पढाइ छाडेर पाइलट बन्ने यात्रा कस्तो रह्यो ?

हाइस्कुलको पढाइपछि म मेडिकल कक्षामा भर्ना हुनको लागि भारत (आन्ध्र प्रदेश) पुगेकी थिएँ । त्यतिबेला भर्नाको प्रक्रिया चलिरहको थियो तर घरबाट फोन आयो । भर्नाको प्रक्रिया चलिरहेको थियो तर घरबाट फोन आयो कि आमाको स्वास्थ्य खराब छ । त्यपछि म फर्कनु पर्यो । आमालाई सन्चो भएपछि मैले काठमाडौंमै बुद्ध एयरलाइन्समा क्याबिन क्रुको जागिर गर्न थालें । त्यही क्रममा बीएस्सी गरे अनि एमबीए पनि । एक दिन कसैले मेरो दाइलाई आफ्नो साथीसँग भेटाए । उनी हेलिकप्टर पाइलट थिए । उनले मलाई साथमा उडानमा लैजान चाहे, म तयार भएँ । यो मेरो पहिलो हेलिकप्टर उडान थियो । घर आएर मैले आमासँग भनें बरु म ऋण लिन्छु तर पाइलट नै बन्छु । पहिलो उडानको ४ महिनापछि नै मैले हेलिकप्टर उडाउँदैछु ।

एक्ली महिला, जंगल पहाडमाथि कसरी उड्न सक्नुहुन्छ ? कसैले केही भनेनन् ?

म महिला हुँ त्यसैले मैले यो काम गर्न सक्दिन भन्ने सोचाइ मेरो दिमागमा कहिल्यै आएन । हो, आफ्नो सुरक्षाको लागि मैले बक्सिङ सिक्न सुरु गरें । ५ वर्षदेखि जहिले पनि काठमाडौंमा हुन्छु बिहान एक डेढ घण्टा बक्सिङ अभ्यास गर्छु । दैनिक योग पनि गर्छु । मेरो खल्तीमा सधैं एउटा चक्कु हुन्छ । यद्यपि यसको अहिलेसम्म जरुरत भने परेको छैन । मेरो एउटै सिद्धान्त के भने नशामा भएको यात्रुलाई हेलिकप्टर चढ्न दिन्न ।

सगरमाथा*की एक्ली उद्धार पाइलटले संसारको सबैभन्दा अग्लो शिखरलाई कसरी हेर्छिन् ?

सगरमाथा*मा जानु बच्चाको खेल होइन । तर म कैयौं पटक यता आरोहीसँग भेट्छु जो केही सोचविचारै नगरी यहाँ आउँछन् । म आफैं कहिल्यै सगरमाथा आरोहण गर्न चाहन्न । तर मलाई खुसी छ कि जहाँ सबै चढ्ने चाहन्छन् म त्यहाँ सिधै ल्याण्ड गर्छु ।

यस्तो कुनै मिशन जहाँ ठूलो चुनौतीको सामना गर्नुभएको थियो ?

एकपटक १४ हजार फिट उचाइमा बेस थियो । त्यहाँ ५०० किलो सामान पुर्याउनु थियो । सामान अफलोड गर्नको लागि कोही क्रु पनि थिएनन् । अर्थात पाइलट पनि म र सामान चढाउन र ओराल्न पनि मेरै जिम्मा । त्यसपछि २०१५ मा नेपालमा भूकम्प जाँदा ३ महिनासम्म दैनिक १०–१० राउण्ड लगाएकी थिएँ ।

नेपालमा भूकम्पको बेला अपरेशन कत्तिको मुश्किल थियो ?

भूकम्पको भोलिपल्ट पहिलो रेस्क्यू ल्याण्डिङ जहाँ गरेकी थिएँ त्यहाँ अचानक १०० जनाको भीड हेलिकप्टरमा घुस्न लागे । सडक बन्द थिए, मानिसहरु बाटोमा फसेका थिए । मैले पहिले वृद्ध र बालबालिकालाई उद्धार गरें । बाँकी मानिसहरुसँग परिवारको नम्बर लेखेर मलाई दिन भनें । काठमाडौं पुगेर मैले हरेकको परिवारलाई फोन गरेर उनीहरुका आफन्त सुरक्षित भएको बताएँ ।

उद्धार र पर्यटकीय उडानमा के फरक महसुस गर्नुहुन्छ ?

पर्यटकीय उडान हो भने मौसम खराब भएको बेला उडान गर्दैनौं । तर, उद्धारको लागि मौसमको चुनौती स्वीकार गर्नुपर्छ । ध्यान फसेको व्यक्तिलाई बाहिर निकाल्नेमै केन्द्रित हुन्छ । तर मुस्किल त्यतिबेला हुन्छ जब तपाइँ कुनै बिरामीलाई अस्पताल पुर्याउन सक्नुहुन्न र उसको हेलिकप्टरमै मृत्यु हुन्छ ।

तपाइँले एक पटक सौन्दर्य प्रतियोगितामा पनि भाग लिनुभएको थियो ?

हो, क्याबिन क्रु हुँदा म एक सौन्दर्य प्रतियोगितामा गएकी थिएँ । हामी ५ दिदीबहिनी छौं । आमा चाहनुहुन्थ्यो कि एक छोरी ब्युटी क्विन बनुन् । अरु ४ नगएपछि म जानुपर्यो । तर प्रतियोगिता २ महिनामै निस्क्रिय भयो ।

अब भविष्यको योजना के छ ?

म संसारकी सबैभन्दा बुढी पाइलट बन्न चाहन्छु । ६० को उमेरमा पनि म हेलिकप्टर उडाउन चाहन्छु । तत्काललाई स्लिङ अपरेशनको तालिम लिने योजना छ जसमा उडानकै क्रममा डोरीबाट सामान र मानिसलाई ओरालिन्छ ।

तपाइँको कोही प्रेरणाको स्रोत छ ?

मलाई लाग्दैन कि कोही कसैलाई इन्स्पायर गर्न सक्छ । तपाइँले आफैं सब गर्नुपर्छ । मैले सोचेकी थिएँ कि पाइलट बनेरै छाड्छु । जसरी प्रियंका चोपडाले जीवन, बिहे, करिअर, विवादलाई व्यवस्थापन गरेकी छिन् म पनि त्यसरी नै व्यवस्थापन गर्न चाहन्छु ।

प्रकाशित मिति September 7, 2019