आज माघ १ गते बुधबारको राशिफल मुक्तिनाथ मन्दिरको दर्शन गरि हेर्नुहोला

आज माघ १ गते बुधबारको राशिफल मुक्तिनाथ मन्दिरको दर्शन गरि हेर्नुहोला

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यवसायमा लगानी गरि सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइ अन्य दिनभन्दा सुधार हुने हुनाले आफन्त रु खुशी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । साझपख समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ । भौतिक सम्पती उपाहारको रुपमा प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : उद्योग तथा व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिला हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुशी हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाइकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । साझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : व्यापार व्यापार फस्टाएर जानेहुनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाई सँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : स्वास्थ्यमा आउने समस्याका कारण कामहरु प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुँदा आटिला तथा पराक्रमि क्रिर्याकलापमा पछि परिनेछ । समाजमा तपाईको कामको आलोचना हुनेछ । साझपख समय राम्रो रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । दैनिक कारोबारमा बृद्धि भई धन सम्पतीमा बृद्धि हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरु रोकिन सक्छ । तरपनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागि भने समय फलदायि रहनेछ । विदेशी लगानीमा सञ्चालित सस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । साझपखको समय राम्रो रहेकोले राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरि लाभ लिन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरि लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । साझपख लामो दुरिको यात्रा हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने थप लगानि बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिँने हुँदा घर परिवारमा खुशीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबिच विश्वास बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : कल्याणकारि तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठूला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्यय बाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : कुटुम्ब तथा आफन्त सँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरि तत्वहरुले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जाने छैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईको आलोचना गर्नेहरु बढ्नेछन् । साँझबाट समय राम्रो रहेकोले धर्म सस्कृति तथा रितिरिवाज जोगाउने काममा लाग्नु पर्नेछ । अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : सुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुने छन् । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाइने हुनाले उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । साझपख भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : कुनैपनि विवादमा सामेल नहुनु होला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । साझपख समय राम्रो रहेकोले व्यापारमा बृद्धि भई लगानी थप्न सकिनेछ । भौतिक सम्पति तथा सुचना प्रबिधीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । पढाइमा अरुभन्दा अग्र स्थानमा आउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

Loading...
प्रकाशित मिति January 15, 2020