मुक्तिनाथ विकास बैंकद्धारा सहयोग पीडित चमेली तामाङलाई

काठमाडौं,। मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व* कार्यक्रमअन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई *खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । चमेलीको श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ बर्षीय छोरी र काखमा भर्खर* जन्मिएको छोरा छन् भने ओढ्ने,

ओछ्याउने तथा खाद्यान्न नभई पुषको चिसोमा भोक–भोकै झुप्रोमा रहेकी चमेलीलाई बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न* सहयोग गरेको हो । उक्त सहयोगमा सामाग्रीहरु बैंकको कटारी शाखाका प्रमुख विपिन किशोर श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका *आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै *आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनुभयो ।

Loading...
प्रकाशित मिति January 15, 2020