शिशिर भण्डारीले युट्युबबाट महिनामा कमाउँछन् यत्ति धेरै पैसा ?

काठमाडौं, : काठमाडौं नजिककै जिल्ला धादिङ, बैरेनीका हुन्, कलाकार तथा युट्युवर शिशिर भण्डारी २०६३ सालमा बिज्ञान बिषय पढ्न र डाक्टर बन्न* काठमाडौं आएका थिए । शिशिर अमृत साईन्स क्याम्पसमा पढ्दै एफ.एम सुन्नमा रुचि राख्न थाले । एफ.एमका बिभिन्न कार्यक्रम सुन्ने क्रममा २०६४ सालमा उनले रेडियो अडियोमा जागिर खाए । जागिर खानुपुर्व काठमाडौंमा कति रात आफु भोकै सुतेको शिशिरले एक*अन्तर्वार्तामा भनेका छन् ।

हुन त, शिशिरको परिवार गरिवीमा थिएन तर किन भोकै सुते त शिशिर ? उनको उत्तर थियो, म संग पैसा थिएन र मैले बांच्नका लागि आमा बुवासंग पैसा* माग्नु पर्दथ्यो । म संघर्ष बुझ्न चाहन्थें । आफैले आफैलाई बचाउन चाहन्थें । ३ बर्ष रेडियो अडियोका चर्चित कार्यक्रमहरु *छोडे डन, हाउसफुल कमेडी शो, अचार बिचार समाचार आदिमा बिभिन्न आवाजमा कार्यक्रम चलाउने शिशिरले २०६७ सालदेखि टिभी फिल्मीमा डुप्लिकेट नामक*कार्यक्रम चलाउन थाले ।

उनको उक्त कार्यक्रम निकै* चर्चित कार्यक्रम हो । उनले हिन्दी गीतमा नेपाली हिरो र नेपाली गीतमा बलिउडका कलाकारलाई *नचाउने उक्त कार्यक्रम अझै पनि धेरैले सम्झन्छन् । थुप्रै चलचित्रमा खेलिसकेका शिशिरले केहि समय अगाडी आफ्नै युट्युब च्यानल खोले र बिबिध* किसिमका भिडियो हरु बनाएर अपलोड गर्न थाले । उनको भिडियो दर्शकमाझ लोकप्रिय बन्दै गए ।

शिशिरले युट्युबबाट विभिन्न गरीव दुखिहरुलाई *सहयोग गरेका छन् भने सहयोग जुटाउनमा ठुलो योगदान दिएका छन् । शिशिरलाई आफ्नो व्यक्तिगत जीवन तथा करियरको बारेमा थुप्रै प्रश्नहरु आएका छन्, जसलाई समेट्दै *उनले एउटा लामो भिडियो नै बनाएका छन् ।

Loading...
प्रकाशित मिति January 16, 2020