नेपाली चेली समृद्धि रिमाल बनिन् अमेरिकी सेनाको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला…

नेपाली चेली समृद्धि रिमाल बनिन् अमेरिकी सेनाको उच्च पदमा पुग्ने पहिलो नेपाली महिला…

काठमाडौं : नेपाली मूलकी महिला ‘पहिलोपटक’ अमेरिकी सेना*को माथिल्लो तहमा पुग्न सफल भएकी छन् । नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेना*को मेजर पदमा पुगेकी हुन् । अमेरिका को डालसमा बस्दै आएकी रिमाल १८ वर्षको उमेरमा हाइस्कूलको अध्ययन पूरा गरेर अमेरिकी सेनामा भर्ना भएकी थिइन् ।

रिमाल ११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुगेकी थिइन् । अमेरिकी सेनाको मेजरमा पुगेकी समृद्धिले एक कुराकानीमा आफू*लाई पहिले सेनामा भर्ना भएर के गर्ने भन्ने केही पनि थाहा नभएको बताएकी छन् । तर, एक महिला सैनिक सँगको भेटवार्ता पछि आफू*लाई पनि सेनामा रहेर काम गर्ने जोश चलेको उनको भनाइ छ । कामको सिलसिलमा अफगानिस्तान पुगेको पनि समृद्धिले सुनाइन् । समृद्धिले अफगानिस्तान मा रहँदा त्यहाँका बच्चा हरुसँग भएको भेट लाई आफ्नो जीवनको खुसीको एक महत्वपूर्ण पलको रुपमा अथ्र्याइन् ।

आफू सन् २००५ मा छोटो समय*का लागि नेपाल आएको समृद्धिको भनाइ छ । त्यसयता भने कार्यव्यस्तताका कारण नेपाल आउन नसकेको उनले सुनाइन् ।

Loading...
प्रकाशित मिति January 16, 2020