२६ वर्षीया महिलाले एकैपटक ४ सन्तान लाई जन्म दियिन…

चिप्लेढुङ्गा- पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तान लाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९:०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन्। हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल* चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए। पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।

डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य* सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशु लाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् । रासस

Loading...
प्रकाशित मिति January 16, 2020