काठमाडौं*मा बृहत् सरसफाइ बार्सिलोना*का फ्यानले गरे…

काठमाडाैं – स्पेनिस क्लब बार्सिलोना*को फ्यानहरूले काठमाडौं*मा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ‘एफ.सि. बार्सिलोना फ्यान अफ नेपाल फेसबुक’ ग्रुपले शनिबार काठमाडौं*को स्वयम्भूबाट बालाजुचोकसम्म सरसफाइ गरेको हो ।

फेसबुक ग्रुप सुरुवात गरेको २ वर्ष पूरा भएको अवसरमा शुभकामना आदानप्रदानसाथै ‘हाम्रो काठमाडौं, राम्रो काठमाडौं’ भन्ने नारासहित सरसफाइ कार्यक्रम गरेकाे हाे ।

काठमाडौं महानगरपालिकामा फोहोर बढ्दै गएपछि बार्सिलोना*का समर्थकहरू भेला भएर बृहत सरसफाइ कार्यक्रम गरेको सरसफाइ कार्यक्रममा सहभागी नारायण राउतले बनाए ।

महानगरले फोहोर व्यवस्थापन गर्ने नसक्दा काठमाडौं महानगरपालिका दुर्गन्धित बन्दै गएको छ । यस्ता सरसफाइ कार्यक्रमले सम्बन्धित निकायलाई फोहोर व्यवस्थापनका विषयमा जागरुप गर्ने र महानगरबासीमा ऊर्जा थपिने राउतकाे विश्वस छ ।

सरसफाइ कार्यक्रममा महिला पुरुष गरी ५० जना भन्दा बढी बार्सिलोना*को सर्मथकहरु उपस्थिति भएका थिए ।

प्रकाशित मिति September 7, 2019